काठमाडाैं । गैरन्यायिक खोला मापदण्डको विरुद्ध यही २०८२ भाद्र २६ गते मण्डलामा हुने बृहद प्रदर्शनी हुने भएकाे छ ।
भाद्र १६ गते नेपाल भाषा मंका खल:को बिजेश्वरिमा विविध कार्यक्रम गरी संयुक्त प्रदर्शन गर्ने बिषयमा गहन रूपमा छलफल भएको हाे ।
जनतालाई बिस्थापित गर्ने गैरन्यायिक खोला मापदण्डको विरुद्ध संगठित भैसंघर्ष गर्न तथा अभियान अघि बढाउन निम्ति भूमि अधिकार संरक्षण समितिको आयोजनामा समिति अन्तर्गतका शाखाहरू काठमाडौ , भक्तपुर र ललितपुर, टोखा, बुढानिलकण्ठ कमिटिका प्रतिनिधि सहित बिभिन्न अभियानमा संघर्षरत अभियानकर्मि तथा खोला मापदण्ड विरुद्ध संघर्षरत बिभिन्न समितिहरुका प्रतिनिधि सहित छलफल भएको थियाे ।

















