काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा दुवै टोलीबाट कुनै गोल निस्कन सकेन ।
अब दुई टोलीबीच मंगलबार दोस्रो मैत्रीपूर्ण खेल हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट हुनेछ ।
एन्फाले दुई खेलपछि समग्र नतिजाका आधारमा विजेता घोषणा गरी ट्रफी प्रदान गर्ने बताएको थियो ।















