काठमाडौं । सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौं उपत्यकासहित देशैभरी सार्वजनिक यातायात नचलाउने घोषणा व्यवसायीले गगरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले मंगलबार एक विज्ञप्ती निकाल्दै यस्तो घोषणा गरेका हुन् ।
नेपाल सरकारले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेका कारण हसहज परिस्थिति बनेको भन्दै महासंघले यातायात नचलाउने घोषणा गरेको हो ।
आन्दोलनकारी र नेपाल सरकारलाई वार्ताका माध्यमबाट समस्याको समाधान गर्न आह्वान गरिएको छ । नजिकिएको चाडपर्वमा सार्वजनिक यातायात व्यवस्थित गरी सञ्चालनको वातावरण बनाउन समेत महासंघले आह्वान गरेको छ ।


















