युनिटी कप टी-२०आई शृंखला खेल्ने नेपाली टोली घोषणा

26

काठमाडौं । यही सेप्टेम्बर अन्तिम साता यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा जोरा २०२४ को टी-२० विश्वकपपछि पहिलोपटक टोलीमा परेका हुन् ।

दुवैले भारतको आसाममा भएको ५ खेलको टी२० शृंखलामा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए । घोषित टोलीमा रोहितकुमार पौडेल कप्तान र दीपेन्द्र सिंह ऐरी उपकप्तान छन् ।

नेपालले वेस्ट इन्डिजविरुद्ध सिरिजमा ३ टि–२० खेल खेल्नेछ। नेपालको टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here