तेल अभिभ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई भेटेका छन् । जेरुसेलममा भइरहेको यो भेटघाटको मुख्य एजेन्डा इजरायलले कतारमाथि गरेको आक्रमणको विषय भएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसको आलोचना गरेका थिए । आक्रमणप्रति ट्रम्प खुसी नभएपछि अगाडि बढेर अब के गर्ने भन्ने कुरा खुट्याउन जरुरी भएको रुबियोले यस अघि भनेका थिए ।
कतारको समर्थन गर्दै खाडी मुलुकहरूले बैठक गर्नै थाल्दा रुबियो र नेतन्याहुबीच भेटघाट भएको हो । आक्रमणपछि कतारका प्रधानमन्त्रीले दोहोरो मापदण्ड अपनाइकन इजरायललाई दण्डित गर्न विश्व समुदायसँग अनुरोध गरेका थिए । कतारमा अमेरिकाको मुख्य हवाई आधार शिविर छ । गाजा युद्ध अन्त्य गर्न यसले इजरायल र हमासको बिचमा मध्यस्थता पनि गरिरहेको छ ।


















