जेन-जी आन्दोलनमा शहिदहरूकाे श्रद्वाञ्जली स्वरूप दिपप्रवजलन

26

काठमाडाैं । कीर्तिपुरको सलिछे युथ क्लवको आयोजनामा जेन—जी आन्दोलनमा सहादत हुनु भएका बीर शहिदहरूकाे आत्माको चीर शान्ति तथा घाइतेहरूकाे शिघ्रस्वाथ्य लाभकाे कामना गरि दिपप्रवजलन गरिएकाे छ ।

कीर्तिपुर नगरपालिका वडा नं. १ बाघभैरव मन्दिर नजिकैकाे  प्रजादबूमा आयोजित दिप प्रज्वलन श्रद्धाञ्जली कार्यक्रममा स्थानीयहरू तथा युवाहरुले बाक्लाे उपस्थिति जनाइएको कार्यक्रममा बीर सहिदहरूकाे उच्च सम्मानका साथ एक मिनेट मौन धारण बसेको थियो ।

सलिक्षे युथ क्लबका अध्यक्ष रबिन महर्जनले देश अहिले जटिल अवस्था रहेकाले हामी सबै मिलेर आफ्नो सुरक्षा आफैले पर्ने धारणा राखे ।

गत भाद्र २३ गते भएको जेन जीको आन्दोलन शान्तपूर्वक अगाडि बढिरहेकाे भिडमा गोली प्रहारबाट ७२ जनाले  सहादत प्राप्त भएको मध्ये कीर्तिपुर नगरपालिकाकाका विपिन तामांगसमेत रहेका छन् ।

नेपाली राजीनितिमा सुधार हुनु पर्छ, देश भष्ट्राचार मुक्त हुनु पर्छ भन्ने ध्येयका आधारमा आन्दोलन सुरु युवाहरु विदेश पलायन हुन नपरोस् गरि खाने हात देशमै दश नंग्रा खियाउन पाओस् भनेर जेएन जी आन्दोलनको शुरुवात भएको थियो ।

कार्यक्रम संचालकले बीर शहिदको रगत शुक्न नपाओस्, अहिले भखर्रै निर्वाचित हुनु भएका प्रधानमन्त्रीको कार्यकाल सफलताको कामनाका साथै आगामी फागुनमा हुने चुनाव सफलता पूर्वक सम्पन कामना गरेका थिए ।

उनले थप्दै भन्नु भयो आइ हेट पोल्टिक्स भन्दा पनि आई क्लिन पोल्टिक्स भनाईका साथ अगाढि बढ्नु पर्ने धारणा राखे ।  आगामी चुनावमा  उठ्ने उम्मेदवारहरुको पुर्ण जानकारी लिएर, सम्पत्ति बिबरण लिनुपर्ने जसबाट भष्ट्राचार उन्मुलन हुने आशा व्यक्त गरे । साथै आगामी चुनावमा मासु भातमा नभई असल नेता चुनेर जिताएको खण्डमा हाम्रो देश विकास हुने जनाउँदै कार्यक्रम सम्पन्न गरे ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here