झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख

34
Nepalese Prime Minister Jhalanath Khanal (R) and his wife Rabi Laxmi Chitrakar Khanal (L) pay their last respects to late former prime minister and founder of the Nepali Congress Party Krishna Prasad Bhattarai at his residence in Bodegaun on the outskirts of Kathmandu on March 5, 2011. Bhattarai, who led a popular movement to restore multi-party democracy in Nepal died at the age of 87 at a hospital in Capital Kathmandu on March 4. AFP PHOTO/ PRAKASH MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP via Getty Images)

कीर्तिपुर । जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ ।

घाइते चित्रकारको उपचारका क्रममा नेतृत्व गरिरहेका जलनविज्ञ डा कीरण नकर्मीले भनिन, ‘अस्पतालमा ल्याउँदाको अवस्थाभन्दा सुध्रिएको छ, हामीले हरसम्भव प्रयास गरिरहेका छौँ ।’

डा नकर्मीका अनुसार आज देब्रे हातको शल्यक्रिया गरिने र अवस्था हेरेर त्यसपछिका उपचार प्रक्रियाअघि बढाइने छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री खनालले भनिन्, ‘पत्नी चित्रकारको फोक्सो र देब्रे हातमा ध्यान केन्द्रित गर्दै चिकित्सकहरूले उपचार गरिरहेको जानकारी पाएका छौँ । आगलागीका क्रममा फोक्सोमा हानिकारक ग्यास पास भई समस्या देखिएको र देब्रे हातमा गम्भीर जलन भएको भनिएको छ ।’

फोक्सोमा हानिकारक ग्यास भरिएका कारण शल्यक्रिया गर्नुअघिको ‘एनेस्थेसिया’ (बेहोस पार्ने) विधि अपनाउन नपाउँदा समस्या सिर्जना भएको नेता खनालले जानकारी गराए ।

लामो समय प्राध्यापन पेसामा बिताएकी आफ्नी पत्नीलाई योजनाबद्ध ढङ्गले आगलागीमा पारिएको र स्वदेशी तथा विदेशी केही सञ्चारमाध्यमबाट त्रुटिवस गलत समाचार सम्प्रेषण भएकामा उनले दुःख व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘यस किसिमका आपराधिक एवं अमानवीय घटनाको निन्दा र भर्त्सना गर्दछु  । उक्त घटनामा संलग्न पक्षलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु ।’

सम्मानित नेता खनालले आफ्नो घरमा तोडफोड गर्ने, आगो लगाउने र लुटपाट गर्नेहरूको प्रमाण फेला पर्न थालेको जानकारी दिँदै प्राप्त ती प्रमाणहरू छिट्टै सार्वजनिक गरिने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here