उपत्यका बाहिरिने बढ्याे

25

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ।

मंगलबार यातायात विभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिए।

उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि सबै निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गरे। उनले भाडादर पारदर्शी बनाउनका लागि यात्रु सहायता कक्ष र भाडा दरका बोर्ड विभिन्न स्थानमा राखिने जानकारी दिए।

त्यस्तै यातायात व्यवसायीहरूले अहिलेको विषम परिस्थितिमा भाडादर वृद्धि नहुने र सेवामा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अग्रिम टिकट खुला गर्ने भन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काटिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here