काठमाडाैं । भूमि अधिकार संरक्षण समितिकाे आयोजनामा जेएन-जी आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुभएका सम्पूर्ण वीर शहिदहरुको सम्झनामा श्रद्वाञ्जली सभा कार्यक्रम गरेकाे छ ।
गत भाद्र २३ र भाद्र २४ गतेकाे जेएन-जीकाे प्रदर्शनीकाे क्रममा सहादत हुनु भएका ७२ जना वीर शहिदकाे दिवंगत आत्माको चिर शान्तिको कामना सहित शहिद परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा न्यायप्रेमी जनसमुदायको बाक्लाे उपस्थिति जनाइएकाे थियाे ।
अशोज १ गते नेपाल सरकारले शाेक दिवस सार्वजनिक विदाका दिन कुमारीघर परिसर भेला भई साँझ ६:०० बजेदेखि दिप्रज्वलनमा भूमि अधिकार संरक्षण समितिका श्याम कृष्ण प्रजापतिले शहिद साकार बनाउनका लागि नेपाली जनता एकजूट भई भष्ट्राचार अन्त्य गराएर सुखी, समृद्व नेपाल बनाएकाे खण्डमा मात्रै शहिदका सपना शाकार हुने धारणा राखेका थिए ।


















