आज नेप्से ४४.८० अङ्कले घटेर २ हजार ८८.१६ विन्दुमा झरे

70

काठमाडाैं । हिजो र अस्ति उच्च अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ४४ दशमलव ८० अङ्कले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार सङ्ख्या र रकम पनि घटेको छ । हिजो चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा आज दुई सय २२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता शेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज गणपति लघुवित्त कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ । रिभर फल्स पावर कम्पनी, सबैको लघुवित्त, पोखरा फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि मल्टिपर्पोज फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here