यसकारण यी चार वाम दलले गरे आन्दोलनको घोषणा

55

काठमाडौं । संसदबाहिर रहेका चार साना वाम दलले आन्दोलनको घोषणा गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

ऋषि कट्टेल नेतृत्वको नेकपा, नेत्रविक्रम चन्दको नेकपा, विष्णुभक्त दुलालको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकीको नेकपा माओवादी समाजवादीले सरकारको विरोध गर्ने घोषणा गरेका हुन्।

साे कार्यक्रममा बोल्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता आहुतिले अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना विरोधका बाबजुत पनि पारित गरिएको बताए। यसैगरी, उनले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा पनि त्यसै भएको बताए। यी गतिविधिबाट नेपालमा सैन्य हस्तक्षेपको कोसिस भएको उनले जनाए ।

यसअघि साउन ८ गते यी पार्टीबीच बसेको बैठकको निर्णय सुनाउनु हुँदै नेकपा नेता ऋषि कट्टेलले साउन १० गते संयुक्त पत्रकार सम्मेलन, साउन १३ गते संयुक्त देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया र साउन २१ गते प्रदेश, सदरमुकाम तथा काठमाडौंमा विरोध प्रदर्शनको कार्यक्रम रहेको बताए ।

यसपछि अर्को चरणको संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here