मतदाता नामावली दर्ता गर्ने समय थप्ने तयारी

26

काठमाडाैं । फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय थप्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार सरकारले तोकेको मितिमा निर्वाचन सम्पन्न गर्न व्यवस्थापकीय पक्षलाई कसरी चुस्त बनाउने भन्नेबारे पनि छलफल भइरहेको छ।

‘फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय नै भइसक्यो। आयोग त्यसको तयारीमा लागिरहेको छ,’ उनले नेपालखबरसँग भने, ‘मतदाता नामावलीमा नाम दर्ताको समय लम्ब्याउने तयारी पनि गरिरहेका छौँ। ठ्याक्कै यो महिना यति गतेसम्म नाम दर्ता गरौँ भनेर भोलिसम्म सूचना आउँछ।’

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि तत्कालीन सरकार ढलेर अन्तरिम सरकार बनिसकेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको वर्तमान सरकारले फागुन २१ गते निर्वाचन गराउनुपर्ने कार्यभार छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here