सुनको मूल्य लगातार नयाँ कीर्तिमान

15

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ कीर्तिमान तोड्दै गएको छ।

मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो।

जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो।

आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो। उसो त सोमबार कायम भएको मूल्य पनि रेकर्ड नै थियो।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here