काठमाडौं / पछिल्ला समय काठमाडौंबाट गुण्डा नाइकेहरु पक्राउ पर्ने क्रम वृद्धि भएसंगै राजधानीको नयाँ वानेश्वरबाट अर्को कहलिएका गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।
आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । चाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका उनले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका उनले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए ।
गुण्डागर्दी शैलीमा मलका व्यापारीलाई आतंकित पार्दै जबर्जस्ती रकम असुली गरेको जाहेरी परेकोले गोर्खालीलाई पक्राउ गरी हिरासतमा लिइएको महाशाखाका एसपी राठौर जानकारी दिए।
अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट आदिमा संलग्न हुँदै आएका गुण्डा नाइके गोर्खाली यसअघि पनि पक्राउ पर्दै र छुट्दै आएका थिए ।
महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरले राजधानीको सुन्धारामा सञ्चालित काठमाडौं मलका व्यापारीलाई धाकधम्की दिँदै बढी भाडा असुल गरेको भन्ने उजुरीको आधारमा नियन्त्रणमा लिइएको जानकारी दिए ।


















