चाडपर्व

23

प्रकाश कट्टारी
बंजरीया, बारा

वर्ष दिनमा आउँछ तीज, सुख दुःख मिसाउन
सत्य कुरा भन्दाखेरि, हुन्न रिसाउन
एउटा गीत गाउनु पन्यो, तीजको गानेमा
आफ्नै देश नेपालको, प्यारो काखैमा

तराई पहाड हिमालको शृङ्खलामा रमेर
रहने मन्छ एकताको, साथमा बसेर
चारैतिर विकास गर्ने, हाम्रा कुरा सुनेर
सामन्तीले बाटो छेके, जाल बुनेर

नेपालकाे सधैं  गीत, भाँजो पारी फिजाएर
पश्चिमेली छाडा गीत, ल्याए भित्र्याए
आङ छोपेर लुगा लाउने, सभ्य हाम्रो संस्कृति
छोटा लुगा भिराउँदैछन् कस्ता विकृति

जता भत्क्यो उतै दैलो, बनाइसके जाना जान
देश डुवाउने चाबी खेलीको, कुर्ची ताना तान
जनताको खून पसिना, चुस्ने जुका देखियो
त्यही देखेर यो तीजको, गीत लेखियो

दिन रात दुःख गरी, जनताले कमाउने
कुर्ची माथि ढल्कनेले, नोट समाउने
फँटाहाका नाइकेहरू, नेतागिरी हुनाले
अँध्यारो देश भयो आमा, जनता रुनाले

बलात्कार आतङ्कले, भयो सारा बदनाम
नारी पुरुष न उठेर, छैन कुनै काम
शासकले युवावर्ग, विदेशिन पार्दै छन्
सोझा सिधा नेपालीको हक मार्दै छन्

महिला पुरुष जुटौं छिटो, देशमा राँको बालेर
नेता छैन, राखौं बरू, कुकुर पालेर
बेइमानीमा नेता जस्तो, छैन कुनै जानियो
इमानदारमा कुकुरलाई, गुणी ठानियो

बाह्रे मासे गाईजात्रेलाई, ताब नचाऊ
जन सागर जम्काएर, देशलाई बँचाऊ
महान् चाड तीज पर्व, यहीछ हाम्रो गाना
अधि बढ डट नारी, शुभकामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here