काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
जनमोर्चा केन्द्रीय कार्यालयको बुटवलमा सम्पन्न बैठकले जेनजी प्रदर्शनमा भएको तोडफोड र आगजनीको विस्तृत रूपमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो ।
राष्ट्रपतिले अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने कार्यादेश दिएकोमा सरकारले अझै कुनै निर्णय नगरेको उल्लेख गरेका छन् ।
केन्द्रीयस्तरमा समझदारी भएपछि मात्र जिल्ला तहका कमिटीले तालमेल वा एकता गर्न सक्ने केन्द्रीय कार्यालयको निर्णय छ ।तर, असंवैधानिक तरिकाले मन्त्रिपरिषद् गठन गरेको, संसद विघटन गरिएको जस्ता विषयमा भने जिल्ला र जनवर्गीय मोर्चाहरूले वक्तव्य दिन सक्ने अध्यक्ष केसीले उल्लेख गरेका छन् । राजावादी र स्वतन्त्रसँग भने कुनै पनि तालमेल तथा सहकार्य उनले जनाएका छन् ।

















