देश गम्भीर सङ्कटमा

22
पूर्वराष्ट्रपति भण्डारी काठमाडौँ, १० असोजः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार काठमाडौँमा आयोजित समसामयिक विषयमा अन्तरक्रिया तथा छलफललाई सम्बोधन गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल÷रासस शुक्रबार प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको दोस्रोमा सहभागी हुनुहुँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश गम्भीर सङ्कटमा रहेको जनाएकी छन्।

शुक्रबार आयोजित पत्रकार भेटघाटमा पूर्व राष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको घटनातर्फ संकेत गर्दै यस्तो बताएकी हुन्।

‘एकैदिन एकैचोटी देश खरानी भएको छ’, भण्डारीले भनिन्– ‘वडा कार्यालयदेखि सिंहदरबारसम्म खरानी भएको छ।’ उनले जेनजीले त्यत्रो घटना कसरी गराए होलान् भनेर प्रश्न समेत गरिन्।

‘यसरी माग पुरा होलान् र ? यो रहस्यमय घटनाजस्तो भएको छ’, उनले भनिन्– ‘यसबारेमा नेपाली समाज र नागरिकले गम्भीर छलफल र समीक्षा गर्नुपर्छ।’

उनले मुलुक संगीन घडीमा रहेको भन्दै शान्ति र स्थिरता कायम गर्दै समयनाकूल विकास अघि बढाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिइन्। ‘हाम्रो बिचको सामूहिक भावना, सहकार्य नभई समाधान गर्न सक्दैनौ’, उनले भनिन्– ‘धेरै ठुलो सङ्कट आइलागेको छ। अराजकता कायमै छ। यसबारेमा सोच्नुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here