काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीका युनिटहरूबाट लुटपाट भएको करिब ३५ सय राउन्ड गोली भेटिएको छ । काठमाडौं उपत्यका र प्रदेशका युनिटहरूबाट प्रदर्शनकारीले लुटेर लगेको करिब ३५ सय राउन्ड गोली फेला परेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई जनाए ।
काठमाडौं उपत्यकाबाट करिब ६ सय राउन्ड गोली लुटपाट भएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । प्रदर्शन स्थलमा हराएको र युनिटहरूबाट लुटिएको करिब २ सय अश्रुग्याँस सेल पनि प्रहरीले बरामद गरेको छ ।


















