सेयर बजार मापक नेप्से परिसूचक वृद्धि

269

काठमाडौं ।  सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ।

सोमबार २५.४१ अंक बढेको नेप्से परिसूचक मंगलबार १७.४२ अंक बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ।  मंगलबार कारोबारमा आएका २२८ कम्पनीको ६० लाख ८१ हजार कित्ता सेयर ३ अर्ब २१ करोड २८ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि वृद्धि भएको छ। सोमबार ३ अर्ब बराबरको सेयर कारोबार भएको थियो।  नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ। जसमा विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। तर, लगानी र उत्पादनमूलक उपसमूहको परिसूचक भने सामान्य अंकले गिरावट आएको छ।    मंगलबार कारोबारमा आएका २ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

जसमा मैलुङ खोला हाइड्रोपावर र युनाइटेड इदी मार्दी आरबीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सामलिङ पावरको सेयरमूल्य ८.५२ प्रतिशत बढेको छ। तर, सिभिल लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सको सेयरमूल्य करिब २ प्रतिशत घटेको छ।  मंगलबार कारोबार रकमका आधारमा २१ करोडको सेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। जीवन विकास लघुवित्तको ११ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here