भनिन्छ युवाहरू नै देश हाक्ने महत्वपूर्ण खम्बा हाे । दरिलाे खम्बा बिना सम्रग राष्ट्रकाे विकास अम्भव छ । सम्मुनत राष्ट्रकाे समृद्विका लागि स्वास्थ्य, शिक्षा मात्र नभइ पुर्खाले छाेडेर गएका नासाेहरू धार्मिक, संस्कृतिक सम्पदाहरकाे संरक्षणले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलिरहेकाे हुन्छ । त्यसैगरी कीर्तिपुरकाे करिब ३ सय वर्ष पुरानो देवी नाँच (देव प्याखं) ले पुर्न जीवन पाउनुमा अहिले कीर्तिपुरका स्थानी बासिन्दाहरूकाे आर्कषण केन्द्रबिन्दु हुनुमा स्थानीय सरकार, संस्कृतिप्रेमी युवाहरू तथा तथा स्थानीयहरूकाे अतुल्नीय याेगदान रहेकाे छ ।
अहिले कीर्तिपुरको जीवन्त संस्कृति बनेकाे यस देवी नाच पछिल्ला केही समय नाच छाेटकरी रूपमा देखाइदै अाइरहेकाे यस नाच करिब २३ बर्ष पुनः प्रदर्शन गराउँदा यो नाचप्रति आस्था बढ्दै गइरहेको छ । अन्य देवीको नाचको तुलनामा पृथक रहेको यो नाच एक दम रोमाञ्चित रहेको छ । अहिले यो नृत्य हेर्नका लागि लागि बालबालिका, युवा युवतीदेखि लिएर बृद्व बृद्वा सामेत लालायित छन् ।
केही बर्ष अगाडि मात्रै आर्थिक अभाव तथा युवाहरूको विदेश पलायनका बन्द भइसकेको यस धार्मिक तथा सांस्कृतिक रूपमा समेत महत्वपूर्ण मानिएको यस देव प्याख अर्थात देवी नृत्य बन्द नै भइसकेको थियो । कीर्तिपुरको वडा नं। १० का तः ननि टोलका संस्कृतिप्रेमी युवाहरूको सकृयतामा परापूर्वकालदेखि चलाउँदै आइरहेको यस देवी नाचले जिवन्तता पाउँदा अहिले स्थानीयहरू हर्षित बनेका छन् ।
कीर्तिपुरको मात्र नभइ नेपालकै धार्मिक तथा सांस्कृतिक, एैतिहासिक महत्व बोकेको यस नाचमा खिं, ता, बबुचा, पोंगाको तालमा नचाइने भैरव, ब्रम्ह्यणी तथा इन्द्रायणीकाे तुलनामा यस नाचमा ख्याः कवं तथा पाे तथा दागी पात्रकाे हाउभाउसहितकाे नृत्यले सबैभन्दा बढी अार्कषित गरेकाे पाइन्छ ।
नेवार समुदायको मोहनी चालं अर्थात बिजयादशमी देखि कीर्तिपुर नगरपरिक्रमा गरि द्यो ढोकामा नाच देखाए पश्चात र बाघभैरव मन्दिर परिसर नासः द्यः अर्थात नाट्येश्वर अगाडि नासः ग्वारा गायनमा नाच देखाउने कोग्राजत पुर्णिमाका दिन चिलन्चो (जगतपाल महाबिहार) अवस्थित हिरामुनि बज्राचार्यको आगन घरमा तन्त्र विधाको गुरूको रूपमा नाच देखाइन्छ ।
यस देवी नाच पौराणिक लाल हिरा कथामा आधारित छ । लाल ‘केटा’ र हिरा ‘केटी’ पात्रबीच विछोड भएको अवस्थामा हिरा (केटी) ले श्री इन्द्रायणी माताको अराधना गरि लाल प्राप्त भएपछि विछोड जोडीलाई मिलन गराएको उपलक्ष्यमा इन्द्रायणी माताको अराधना गरी नाचको रूपमा नाच देखाउने परम्परा रहेको छ ।
कुनै समय निरन्तरता नपाइएको यस नृत्य यस नाच आजभन्दा करिब ६ बर्ष अगाडि संस्कृति प्रेमी जागरूक युवाहरूको अग्रसतामा नयाँ पिढीहरूलाई हस्तातरण गरिएको थियो । नव युवाहरूलाई देवी नाच प्रशिक्षण पश्चात प्रदर्शनीमा निरन्तरता पाइरहेको छ । यस नृत्यमा अहिले इन्द्रायणी ३ जना ब्रम्हायणी ३ भैरव दुई जना ख्याः २ जना कवं २ जना, दागिनी १ पो ३ जना पात्रहरू देवगणहरू तयारी अवस्थामा रहेकाे छ । गराएको तःननि दाफा खलःका अध्यक्ष दिलिप महर्जनले जानकारी गराए ।
देवी नाच हिजाे कीर्तिपुरकाे चिलन्चामा करिब ७ बजेदेखि राती देखि १०ः४५ बजेसम्म प्रर्दशनी तननी दप्फा खलः आयोजक तथा जगतपाल महाविहारको सह आयोजकमा भव्य रुपमा सम्पन्न भएको छ ।
अझै संरक्षणकाे पर्खाइमा रहेकाे यस देवी नाचकाे प्रयाप्त मात्रामा प्रचार प्रसार गर्नु पर्ने देखिएकाे छ । यस देवी नाच अशोज २४ गते शुक्रबार, इतिहासमै पहिलाे पटक पाँगा ढुसी गणेश मन्दिरमा पुनः साँझ ६:०० बजेढुसी दाफा खल सह अायाेजकत्वमा प्रर्दशनी हुनुले यस नाचकाे अझै धार्मिक, सांस्कृतिक रूपमा झनै महत्वपूर्ण देखिएकाे छ । जसबाट कीर्तिपुर बाहिर समेत सांस्कृतिक अादान प्रदान गर्नमा थप मजबूट हुने अाशाका रूपमा लिन सकिन्छ ।

















