३७ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान

30

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३७ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २८औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।

तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अञ्जनराज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन १५ गतेबाट संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा ३७ जना प्रहरी जवानहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here