प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझाव

269

काठमाडौं  /  सरकार जनभावना अनुसार चल्न नसकेको सत्तारुढ दलका नेताहरुले औल्याएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुमाउरो शैलीमा जनताको असन्तुष्टि बढेको भन्दै सुझाव दिएका छन् ।

तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्ने क्रममा उनले त्यस्तो सुझाव दिँदै  घुमाउरो भाषा शैलीमा पार्टीमा आफ्नो असन्तुष्टि र सरकारका काम कारबाहीबारे सुझाव दिएका थिए । उनले बोल्ने भन्दा सुन्ने र काम बढाउने कुरामा बढी ध्यान दिनुपर्ने भन्दै सरकारलाई सुझाव दिए ।

उनले भने–‘जनताको भावना अनुसार जनताका पीर, मर्कामा हामी सहयोगी भयौं भने, जनताका दुखमा हामी सहभागि भयौं भने, अनि सुखमा पनि सहभागि भयौ भने मात्र हामीलाई जनताले मन पराउनेछन । नत्र जनताले हामीलाई मन नपराउन पनि सक्छन, यसमा ग्यारेन्टी छैन ।’

उनले सरकारलाई जनभावना अनुसार नचलेमा समस्या आउने भन्दै सर्तक गराए । उनले भने–‘ख्याल गर्नुहोस्, जनताको चाहना के छ, त्यो सुन्नुहोस्, म यसमा जोड दिन चाहन्छु । हाम्रो बानी भन्ने बोल्ने बढी तर सुन्ने कम भएको छ, त्यसमा सुधार गर्नुपर्छ ।’

उनले नेताहरुको आचरण र जीवन व्यवहारमा विकृति र समस्याहरु झाँगिन नहुने भन्दै त्यसमा जिम्मेवार हुन आग्रह समेत गरे ।

उनले पार्टी भित्रका र बाहीरका समस्या, नमिलेका विषयहरु पार्टीको पद्धती अनुसार छलफलका माध्यमबाट समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here