कीर्तिपुर । इतिहासमै प्रथम पटक असाेज २४ गते शुक्रबार द्यः प्याखं (देवी नाच) सभ्य तथा भव्य रुपमा देखाइने भएकाे छ ।
तःननी दप्फा खलः आयोजक तथा जगतपाल महाविहारको सह आयोजकमा कीर्तिपुरको चर्चित नाच द्यः प्याखं (देवी नाच) काेजाग्रत पुर्णिमाका दिन देखाइएकाे थियाे ।
नेवार समुदायकाे माेहनी चालं बिजयादशमी देखि तःननी आखं छेँबाट देवी नाच लँ प्याखं देखाएर कीर्तिपुरकाे द्याे ढाेकामा नाच देखाएपश्चात र बाघभैरव मन्दिर परिसर नासः द्यः अर्थात नाट्येश्वर अगाडि नासः ग्वारा गायनमा नाच देखाउने चलन रहेकाे छ ।
साे नाचमा खिं बजाउने २ जना, ता बजाउने १ जना, बाबुचा २ जना, प्वंगचा दायाँबायाँ २ जना, भजन गीत गाउने करिब १०/१५ जना रहेकाे छ ।
तन्त्रप्रधान दबूलिमा नाच देखाउन नमिल्ने यो नाच निमन्त्राका आधारमा प्रथम पटक पाँगाको धुसिमा रहेको मुल गणेश मन्दिरमा करिब ६ बजे नाच हेर्न आयोजक तःननि दाफाले अनुरोध गरेको छ ।
कीर्तिपुरकाे जीवन्त संस्कृति बाेकेकाे याे यस नाचमा इन्द्रायणी १ जना, ब्रम्हायणी १ भैरव १ जना ख्याः १ जना कवं १ जना, दागिनी १ जना तथा पाे २ जना गरि जम्मा ८ जना पात्रहरू रहेकाे हुन्छ ।
काेजाग्रत पुर्णिमा नचाइएकाे भिडियाे तलः लिंक गएर हेर्न सकिन्छ ।
इन्द्रायणी र ब्रम्ह्याणीकाे सामूहिक नाच्दै गरेकाे भिडियाे