टोखा । अनेरास्ववियु टोखा नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्ष अनिस डंगोल सर्वम्मत चयन भएकाे छ ।
सो कमिटिमा उपाध्यक्षमा दिपशिखा दाहाल सचिव सञ्जिता थापा, सह सचिव सिता श्रेष्ठ, विनिता डंगोल कोषाध्यक्ष पुकार मर्हजन सदस्यहरूमा सुदिप पंडित, पवित्रा नेपाली, प्रकृती नेपाली, सगुन मानन्धर, निराकार श्रेष्ठ, प्रनिता डंगोल, विनोद श्रेष्ठ, प्रशान्त डंगोल, मनिता डंगोल, मनिराज श्रेष्ठ, सोमी डंगोल रहेका छन्।
कार्यक्रममा बाग्मती प्रदेश सदस्य नारायण भाइ श्रेष्ठ, काठमाडौं जिल्ला कमिटी सदस्य एवम् टोखा नगर इन्चार्ज रामकृष्ण श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय सचिव एवम् बाग्मती प्रदेश इन्चार्ज दिपेश प्रसाईं,केन्द्रीय सदस्य सौगासेन ढकाल, राजकुमार ढकाल,सोभा सापकोटा, अनेरास्ववियु काठमाडौं भुगोल जिल्ला अध्यक्ष रवि मगर, अतिथि जनप्रतिनिधि ३ नं वडा देवी नेपाली, हरी कृष्ण श्रेष्ठ, ८ नं वडा अनुप के राई तथा अनेरास्ववियु केन्द्रीय सचिव एवम् बागमती प्रदेश इन्चार्ज दिपेश प्रशाई लगायत अतिथिका रूपमा पाल्नु भएकाे थियाे ।
कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै असार २४ गते देखि असार ३१ सम्म थाईल्याण्डमा भएको अन्तराष्ट्रिय सेपार्टाको किंग्स कप वल्र्ड च्याम्पियन सिपमा तेस्रो स्थान हासिल गर्न सफल हुनु भएका युवा खेलाडी सुमित्र डंगोललाई प्रोत्साहन साे रूप दश हजार नगद नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य एवम् बाग्मती प्रदेशको सांस्कृतिक विभाग प्रमुख मनराजा डंगोलले दश हजार नगद प्राेत्साहन स्वरूप तथा सम्मान पत्र अनेरास्ववियू टोखार नगर कमिटिले सम्मान पत्र हस्तारण गरेका थिए ।
प्रशान्त डंगोको कार्यकालमा भाषण कला तथा नेतृत्व व्यक्तित्व विकास तालिम, अवैज्ञानिक तवरले मृल्य वृद्धिको बारेमा ध्यानाकर्षण, ७४ सालका स्थानीय निवार्चनमा ६ वटा वडामा नेकपा एमालेको बिजयी भएकोमा गत वर्षको २०७९ स्थानीय तह निर्वाचनमा ९ वडामा विजयी गराउन अहोरात्र खटेर विजयी गराउन उल्लेखीय भूमिका निर्वाह गरेका थिए ।




















