काठमाडौंको सीडीओमा गोविन्द रिजाल

225

काठमाडाैं ।  काठमाडाैंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव गोविन्द रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

यसअघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका काली प्रसाद पराजुली गृह मन्त्रालयमा सरुवा भएका छन्। काठमाडौंको सीडीओको जिम्मेवारी पाएका रिजाल बिहीबार हाजिर हुने तयारी छ।

दैलेख स्थायी ठेगाना भएका रिजालले यसअघि जाजरकोट,  कैलाली, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here