हुम्ला । हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला उडेको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर हुम्लाका लागि उडिसकेको हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।
चंखेली गाउँपालिका-४ बेशी खोला स्थितभित्री सडक खण्डमा मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए ।