काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनका अगुवा तथा युवा नेता किरन केसीलाई शुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रीमण्डलमा समावेश गर्न माग गरेका छन्।
केसीलाई मन्त्री बनाउन माग गर्दै घाइतेहरूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र बुझाएका छन्। गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सहभागी भएका केसीलाई मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने उनीहरूको जोड छ। घाइते प्रदर्शनकारीहरूले आन्दोलनमा आफ्नो बलिदानको सम्मानस्वरूप युवा नेतृत्वलाई प्रतिनिधित्व गराउनुपर्ने बताएका छन्।
युवा नेता किरन केसीले २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो पहिचान बनाएका थिए। उनी भ्रष्टाचारविरुद्ध र युवा सशक्तिकरणका पक्षधरका रूपमा चिनिन्छन्। केसीलाई मन्त्री बनाउन घाइतेहरूले उठाएको मागलाई स्वतन्त्र नागरिक समाज नेपालले पनि समर्थन गरेको छ । आन्दोलनका घाइतेहरूको मागलाई बेवास्ता गर्नु भनेको आन्दोलनको मूल्य र भावनाको अपमान गर्नु भएको नागरिक समाजले जनाएको छ। शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जनजाति, दलित र महीला लगायतका समुदायका प्रतिनिधिलाई समेटेको छ। तर, युवा नेतृत्वको अभाव रहेको भन्दै आलोचना भइरहेको छ। ०००


















