नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने

20

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट निष्काशन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने जनाएकी छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुरथिमि, भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल संवत् ११४६ अवसरमा मध्यपुरथिमिस्थित राष्ट्रिय विभूूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पणका लागि प्रमुुख अतिथिका लागि आमन्त्रण गर्ने क्रममा उनले यस्तो जनाएकी हुन्।

प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैंकको गभर्नरसँग छलफल गरेर सरकारले नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्नेबारे छलफल गर्ने बताएकी हुन् ।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको नेतृत्वमा गएको टोलीसँगको भेटमा उनले पाँच सयको नोट छपाइका लागि विधिवत् रूपमा गइसकेको हुुनाले अब निष्काशन हुन बाँकी नोटमा नेपाल संवत् प्रयोग गर्न सकिनेबारेमा छलफल गर्ने आश्वासन दिएको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेपाल संवत् नेपालको मौलिक संवत् भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् र राष्ट्रिय विभूतिबारे विशेष चासो दिएकी छन् । उनले नेपाल संवतको नयाँ वर्षको दिन शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण कार्यक्रममा सहभागी हुने कार्यक्रमसमेत तय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here