मुम्बईमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै

26

काठमाडौं । ग्यास विष्फोटमा गम्भिर घाइते भएर भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छर

डा भण्डारीको उपचारको नेतृत्व गरिरहेका डा मुकेश मिश्राका अनुसार उनको अवस्था अहिले सामान्य बन्दै गएको छ। साथै शुक्रबारदेखि उनलाई नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ।

शनिबार बिहान डिहाइड्रेसनका कारण पिसाव कम भएको र प्लेटलेस एक लाखमा झरेकोमा शनिबार साझसम्म तरल मात्रा बढाउँदा डिहाइड्रेसनको अवस्था सामान्य रहेको बताइएको छ।

शनिबार दिउँसो उनको छातिको फिजियो थेरापी गरिएको र अहिले बाहिरबाट हेर्दा आँखा खुला हेरिराखेको बताइएको छ। अनुहारमा डढेको कालो छाला झरी नयाँ पलाउन लागेकोजस्तो पनि देखिएको बताइएको छ।

यस्तै कृतिम अक्सीजनको मात्रा ३५ प्रतिशतमा झारिएको र भोलिदेखि कृतिम अक्सिजनलाई  शून्य प्रतिशतमा झार्ने तथा प्राकृतिकरूपमा श्वास प्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डा. मिश्राले बताएको अस्पतालमा रहेका कांग्रेस नेता योगराज क‌ंडेलले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here