गर्भवती महिलाको मृत्युको विषयलाई लिएर किष्टमा तनाव उत्पन्न

27

काठमाडौं । गर्भवती महिलाको मृत्युको विषयलाई लिएर किष्ट अस्पतालमा तनाव उत्पन्न भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् ।

प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।  घटना कार्तिक ७ गते शुक्रबारको हो ।

अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुले लगाउदै आएका छन् ।

घटना पश्चात् अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरुको भनाइ छ । आक्रोशित आफन्तहरुले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here