माकेसित एकताको बिपक्षमा खनाल

33

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग एकताको पक्षमा आफू नभएको स्पष्ट पारेका छन् । हिजोबाट सुरु भएको केन्द्रीय कमिटीको आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएका हुन् ।

खनालले माओवादीसँग एकता गरे एमालेसँगको विद्रोह पुष्टि नहुने जिकिर गरेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘अहिले हाम्रो पार्टी माओवादीमा एकता गर्ने हो भने एमालेसँग विद्रोह गरेको जायज थियो भन्ने पुष्टि हुँदैन।’

यस्तै, खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा नै मागेका छन् । अध्यक्ष नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर भएकोले अब नैतिक रुपमा पनि पदमा बस्न नमिल्ने उनको भनाई थियो । उनले भनेका थिए,‘ हाम्रो अध्यक्षलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ, उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here