यी चार स्थानीय पालिकामा शोक बिदा

19

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा रौतहट जिल्लाका चार स्थानीय पालिकाले शोक बिदा दिएको छ।

राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै आइतबारका दिन नगरपालिकाभरि शोक बिदा दिएको जनाएका छन्। नगरपालिकाहरूले दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

ती पालिकाले विज्ञप्तिमा नेता आलमको निधनले जिल्लाले अनुभवी र प्रभावशाली राजनीतिक व्यक्तित्व गुमाएको उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here