काठमाडौं । नमोनिया केवल नेपालमामात्र होइन, संसारभरि नै बढ्दो समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार, यो रोग हालसम्म पनि ज्यानको जोखिम बढाउने टपपाँच रोगमध्ये पर्दछ । भ्याक्सिन र उपचारले मृत्यु दर कम गरेको भएपनि, रोगको मात्रा पहिले जस्तै धेरै छ । हाम्रो शरिरमा जति प्रतिरक्षा प्रणाली कम हुन्छ, त्यति नै निमोनियाको सम्भावना बढ्छ ।
आज विश्व निमोनिया दिवस । सन् २००९ देखि हरेक बर्षको नोभेम्बर १२ तारिखको दिन संसारभरि विश्व निमोनिया दिवस मनाइने गरिन्छ । सोही अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी विश्व निमोनिया दिवस मनाइँदै छ ।
संसारमा जन्म लिने हरेक बालक, चाहे उ संसारको जुनसुकै ठाउँमा जन्म किन नलियोस्, उसको पहुँचमा निमोनियाको औषधिहरू पुग्नै पर्छ भन्ने विशेष सोचलाई मध्यनजर गरेर विश्व निमोनिया दिवस मनाइन थालिएको हो ।
यसै सन्दर्भमा हामीले छाती तथा फोक्सो रोग विशेषज्ञ डा.नीरज पुरीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौ ।


















