काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र हमासबीच भइरहेको युद्धविराम रोक्न आह्वान गरेका छन्। नेपाल भ्रमणमा रहेका गुटेरेसले काठमाडौं पत्रकार सम्मेलनमार्फत् दुवै पक्षलाई युद्ध रोक्न अपिल गरेका हुन्।
गाजा क्षेत्रमा भइरहेको युद्धका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै तत्काल आक्रमण रोक्न गुटेरेसले सुझाव दिए।
युद्धरत पक्षको ध्यानाकर्षण गर्दै उनले भने, ‘संसारले हाम्रो आँखा अगाडि मानवीय प्रकोप भइरहेको देखिरहेको छ। कतै जान सुरक्षित ठाउँ नपाएका २० लाखभन्दा बढी मानिसलाई बाँच्नका लागि आवश्यक खाना, पानी, आश्रय र चिकित्सा हेरचाहबाट वञ्चित गरिएको छ। गाजाका मानिसहरुका लागि मानवीय सहयोगका लागि पनि युद्धविराम जरुरी छ।’
उनले बिग्रदै गएको गाजा क्षेत्रको अवस्थाप्रति चिन्ता व्यक्त गर्दैै आक्रमणप्रति खेद जनाएका छन्। गुटेरेसले भने, ‘मानवीय सहायताका लागि पनि विश्राम जरुरी छ। तर इजरायलले आक्रमण गरिरहेको छ यसप्रति म खेद प्रकट गर्दछु।’


















