कार्की नेतृत्वको जाँचबुझ आयोगले कडा कदम

17

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएलगत्तै चन्द्रकुबेर खापुङमाथि सेवाबाट अवकाश पाएकै दिन गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कडा कदम चालेको छ।

२३ र २४ भदौको घटनाका बारेमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले आज एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माद्वारा जारी गरिएको प्रेस विज्ञप्ति यस्तो निर्णयबारे जानकारी गराइएको छ।

निर्णयमा भनिएको छ, ‘आजदेखि सेवाबाट निवृत्त हुनु भएका नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनु पर्ने हुँदा आजै देखि लागु हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने।’

खापुङलाई आयोगको यो निर्णयबारे जानकारी गराइने पनि विज्ञप्तिमा उल्लेख छ। खापुङमाथि भाद्र २३ र २४ गते भएका घटनाहरूसँग सम्बन्धित छानबिन र जाँचबुझका लागि आयोगले आवश्यक देखेकाले उनीमाथि निगरानी राखिएको आयोगले जनाएको छ।

खापुङमाथि महानिरीक्षक हुँदा घटनामा संलग्न प्रहरी अधिकारीको विवरण दिन अस्वीकार गरेको आरोप आयोगले लगाउँदै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here