सुनको मुल्य उच्च अंकले घट्याे

19

काठमाडौं । स्थानीय बजारमा आइतवार सुनको मुल्य उच्च अंकले घटेको छ ।

सुनको मूल्य प्रतितोला ६ हजार ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार प्रतितोला २ लाख ४९ हजार ७ सयमा कारोबार भएको सुनको मुल्य आइतवार ६ हजार ९ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मुल्य पनि १५० रुपैयाँले घटेको छ । शुक्रवार ३ हजार २८५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य आइतवार ३ हजार १३५ रुपैयामा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here