पेट्रोल–डिजेल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने तयारी

19

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा रहेका पुराना पेट्रोल–डिजेल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने तयारी भएको जनाएका छन् ।

इन्जिनियर र टेक्निसियनले धेरै वर्षदेखि यस्तो प्रयास गर्दै आए पनि कानुनी प्रक्रियाले अनुमति नदिँदा काम अघि बढ्न सकेको भन्दै उनले अब मन्त्रालयले त्यसका लागि काम गरिरहेको जनाएका हुन् ।

पुनले पुराना गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न सकिने प्राविधिक क्षमता नेपालमै भएकाले सरकारले अब यसका लागि स्पष्ट नियम बनाएर अगाडि बढ्ने प्रष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा पुनले लेखेका छन्, ‘यसअघि लोभी–पापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ।’

मन्त्री पुनले यस्तो रूपान्तरणले वातावरणमैत्री यातायात प्रवर्द्धन हुने र इन्धनमा हुने खर्च घट्ने विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here