बाला चतुर्दशी पर्व आज मनाइदै

23

काठमाडौं । हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बाला चतुर्दशी पर्व आज (बुधबार) मनाइएको छ ।

त्रयोदशीको रातमा आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभर जाग्राम बसेका श्रद्धालुले चतुर्दशीका दिन बिहानै शतबीज छरेका छन् ।

यस दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

बाला चतुर्दशीका दिन बिहान पशुपतिनाथ, देवघाटलगायत पवित्र तीर्थस्थलमा शतबीज छर्नेको घुइँचो लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here