मृत अवस्थामा फेला

21

काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ बस्ने ६० वर्षीय खडक बहादुर वली आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, गोदावरी नगरपालिका-५ डिगीगाउँ लेले डेरा गरी बस्ने ६८ वर्षीया कान्छी सिलवाल आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१ सुनवल चोकस्थित खेल मैदानमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-२ स्थित झरही खोला किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, बेदकोट नगरपालिका-३ शान्तिपुर बस्ने ७० वर्षीय जयपुरे खाती सोही ठाउँस्थित नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here