काठमाडौं । एनएमबि बैंकले पाटा र भिजासँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी गर्ने प्रविधि प्रयोगमा ल्याएको छ। एनएमबि बैंकले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँग सहकार्य गर्दै एनएमबि सफ्ट पसको प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो।
सफ्ट पस प्रविधिले व्यवसायीहरूलाई कुनै भौतिक मेसिनबिना नै आफ्नो एनएफसी इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्यबाट डिजिटल कार्डमार्फत भुक्तानी स्वीकार गर्ने अनुमति प्राप्त गर्ने जनाएको छ। पाटा नेपाल च्याप्टरले मुख्यतः होटल, ट्राभल एजेन्सी, एयरलाइन्स लगायत पर्यटन क्षेत्रका सरोकारवालालाई प्रतिनिधित्व गर्दछ। यस साझेदारीमार्फत, एनएमबि बैंकको लक्ष्य पाटाका सदस्यहरूलाई प्रविधि मैत्री बनाउनु रहेको छ।
यो प्रविधिको प्रयोगले डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँचलाई बढवा दिने र सम्पूर्ण पर्यटन क्षेत्रमा आधुनिक डिजिटल भुक्तानी विधिहरूको स्वीकार्यता विस्तार गर्न मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ। एनएमबि बैंक र पाटा नेपाल च्याप्टर दुवैको यो संयुक्त प्रयासले नेपालको पर्यटन उद्योगलाई डिजिटल रूपमा अझ उन्नत बनाउने विश्वास व्यक्त गरे।
एनएमबि बैंकले हाल देशभरि २०२ शाखाहरू, १८४ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।


















