२७ प्रहरीलाई हाजिर हुन निर्देशन

13

काठमाडौं । मनपरी कार्यालयमा गैरहाजिर भएका २७ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् ।

सो विवरणमा दुई जना बाहेक अरु सबै जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा नरहेको देखिन्छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरणसहित सार्वजनिक सूचना गरी बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

उनीहरु गैरहाजिर हुनुको कारण भने खुलेको छैन । कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण पनि बुझाउन प्रहरी प्रधान कार्यालयले भनेको छ ।

अन्यथा कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

inbound9033188915482383191-1764124101.jpg
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here