छोरीको जीवन रक्षा गर्न सहयोग अपिल

26

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका–१ निवासी सक्रिय पत्रकार लालध्वज तामाङकी  जन्मजात अक्सिजनको कमीका कारण मस्तिष्क पक्षघात भएकाे छ ।

उनकी छोरी सखी तामाङ, उमेर ६ मात्र पुगेकाे छ । मस्तिष्क पक्षघात (Cerebral Palsy) बाट पीडित भएकाले टाउको नबढ्ने, गर्दन अठ्याउन नसक्ने, बोल्न नसक्ने र उभिन नसक्ने समस्या भएको उनका पिता तामाङले जानकारी गराए ।

“मेराेको नियमित उपचार भइरहे पनि डाक्टरहरूले आजीवन उपचार गर्नुपर्ने जनाए गराए । अहिले थप उपचार गराउन  भारतको दिल्लीस्थित अस्पताल लैजानुपर्ने अवस्था आएको छ, तर उनकाे  आर्थिक स्थिति न्यून भएकाे कारण खर्च धान्न सक्ने अवस्था छैन।”

अहिले उनी छाेरी बचाउनका निम्ति देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनीहरूमा आर्थिक सहयोगको अपिल गर्नुभएको छ। उहाँले आफ्नो e-Sewa QR कोडमार्फत सहयोग पठाई सखी तामाङको उपचारमा सघाइदिन आग्रह गर्नुभएको छ।

अहिले आफ्नो  छोरीको जीवनका लागि हरेक सम्भावनामा अहिले ढोका ढकढकाइरहेका छन्। उनले  “मेरो छोरीलाई बचाउन सानो सहयोगले ठूलो जीवन फर्काउन सक्छ।”

सखी तामाङको उपचारका लागि इच्छुक व्यक्तिहरूले पत्रकार लालध्वज तामाङको नाममा रहेको e-Sewa QR मार्फत सहयोग गर्न सक्नुहुन्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here