माधव पछि धकेलिए, झलनाथ नेकपाको तेस्रो वरीयता

123

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वरीयतामा माधवकुमार नेपालभन्दा झलनाथ खनाल अगाडि हुने भएका छन्।

आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले नेता खनाललाई तेस्रो वरीयतामा ल्याउने निर्णय गरेको हो ।

वरीयतामा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा छन्। त्यसपछि झलनाथ खनाल रहेका छन्। झलनाथपछि माधवकुमार नेपाल रहेका छन्।

नेकपा सचिवालय बैठकले विभिन्न जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको पनि टुंगो लगाएको छ। सचिवालयको निर्णयमा नेता नेपालले आपत्ति जनाएका छन्। उनले जनवर्गीय संगठनको नेतृत्व चयन र वरियताको विषयलाई लिएर नोट अफ डिसेन्ट लेखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here