काठमाडौँ– विप्लव नेतृत्वको (नेकपा)का युवा सङ्गठनका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी सदस्य योर्साङ तामाङले आत्म समर्पण गरेका छन् ।
तामाङले जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन अधिकारीलगायत सुरक्षा निकायका जिल्लास्थित प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकारको रोहवरमा आत्म समर्पण गरेका हुन् ।
सरकारद्वारा प्रतिबन्धित नेकपा(विप्लव) मा विगत समयदेखि आवद्धता रहेकोमा भाद्र १ गतेदेखि विप्लवको तोकिएको युवा सङ्गठन, नेपालको केन्द्रीय सदस्य पद तथा जिल्ला कमिटी सदस्य लगायत विप्लवको कुनै पनि सदस्यता नरहने जनाउँदै आत्म समर्पण गरेका हुन् ।
आमाछोदिङमो गाउँपालिका ४ का योर्साङ तामाङले आम सर्वसाधारण जनता सरह जीवन यापन गर्ने र प्रहरीले बोलाएको समयमा उपस्थिति हुने प्रतिबद्धता जनाएका छन् ।

















