कोभिड कल सेन्टर संचालन हुने

186

काठमाडौं । नेपाल चिकित्सक संघले मंगलबारदेखि कोभिड कल सेन्टर संचालनमा ल्याउने भएको छ।

कोभिड–१९ को तेस्रो लहरको सामना गर्नका लागि संघको केन्द्रीय कार्यालय प्रदर्शनीमार्ग, काठमाडौंमा संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा ११५६ नम्बरको कल सेन्टर संचालमा ल्याउन लागिएको हो।

उक्त कल सेन्टर विहान ८ बजेदेखि बेलुका ८ बजे सम्म संचालन हुने उल्लेख छ। कोभिड–१९ बाट सर्वसाधारण नागरिकहरुले स्वास्थ्य सम्बन्धी समस्या भएमा ११५६ नम्बरको कल सेन्टरमा सम्र्पक गर्न सकिने संघले जनाएको छ।

‘कोभिड १९ को तेस्रो लहर व्यापक रुपमा बढ्दै गइरहेकाले सम्पूर्ण सर्वसाधारण नागरिकहरुलाई पर्नसक्ने स्वास्थ्य सम्बन्धि समस्याका लागि नेपाल चिकित्सक संघको ११५६ नम्बरको कल सेन्टरमा सम्पर्क राखी आवश्यक परामर्श लिनुहुन हार्दिक अपिल गर्दछु,’ संघका महासचिव डा बद्री रिजालले जारी गरेको सूचनामा भनिएको छ।

चिकित्सक संघबाट कोभिड १९ संक्रमितलाई परामर्श सेवा सुरु हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here