योमरी पूर्णिमा मनाइयाे

38

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात् आज धानको विधिपूर्वक पूजाआजा एवम् दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ ।

नयाँ धान भित्र्याएको खुसियालीमा उपत्यका लगायत देशभरका नेवार समुदायले  यो:मरि पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस  हर्षोल्लासका साथ मनाएका छन् ।

यस वर्षको  यो:मरि पूर्णिमा एवम् राष्ट्रिय ज्यापु दिवसको र्याली काठमाडौं ५ हाँडीगाउँबाट निकालिएको छ र्याली  हाँडिगाउँ बाट सुरु हुँदै टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगं:था, नाग पोखरी, नारायण हिटी, कशर महल, ठँबही त्रिदेवी चोक, ज्याठा,त्य:र, असं,बालकुमारी,केलत्वा: , वंघ: , मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुँदै वसन्तपुरमा समाप्त हुने आयोजकले  जानकारी दिएको छ ।

यो:मरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

काठमाडौं उपत्यकाका नेवार समुदाय अन्तर्गतका ज्यापुहरूले एक साथ योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस मनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here