काठमाडौं । सुकुन्दा साहित्य बार्षिक पत्रिका निरन्तर रुपमा प्रकाशन गर्नका लागि नेवाः संघसंस्थाहरुलाई सुकुन्दा साहित्य पालाले विशेष आह्वन गरेकाे छ ।
यस बर्षदेखि नेपालभाषा कला, साहित्य, संस्कृति उत्थान, विकासका लागि विशेष निम्ति चिन्ता लिइरहेका विभिन्न संघ संस्थासित सहकार्य गरिने भएकाे छ ।
गाैरवमय ईतिहास रहेकाे सुकुन्दा साहित्य ८अौ अंक प्रकाशनकाे निर्णय बमाेजिम सम्पुर्ण संघसंस्थाहरुलाई निमन्त्रणा गरिएकाे छ ।
नेवा: बिध्यार्थी यूनियन प्रकाशक भएर तथा सुकुन्दा साहित्य पाःला: काे संयाेजनमा सुकुन्दा ८अौ अंक प्रकाशन गर्न लागेकाे छ।


















