काठमाडौं । मानव अधिकार सचेतना केन्द्रकी संस्थापक अध्यक्ष बिद्या श्रेष्ठ महर्जनले २० मंसिर गते हेटौडामा दर्जनौ बुलडोजरहरू एकैपटक चलाई घरहरु अन्यायपुर्ण ढंगबाट भत्काउन थालेकाे विरुद्धमा विज्ञप्ति मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराइएकाे छ ।
याे विज्ञप्तिमा आज विहान सुर्यादय हुन नपाउँदै घरधनीहरु ओछ्यानमै रहेको समयमा बिजुली लाईन काटेर शसस्त्र सहितका प्रहरीहरु परिचालन गर्दै हेटौडामा दर्जनौ बुलडोजरहरू एकैपटक चलाई घरहरु अन्यायपुर्ण ढंगबाट भत्काउन थालेछ ।
घर तथा जग्गा धनीहरुलाई राज्यले निजि सम्पत्ति लिई सडक विस्तार गर्दा कुनै किसिमले क्षतिपुतर् दिईएन । यस संस्थाले गैरन्यायिक तवरबाट हुने हरेक विकासको विरोध गर्दै आएको छ । जनताका निजि घरजग्गा लिई सडक विस्तार गर्दा उचित मुआब्जा क्षतिपुतर दिनुपर्ने, वासस्थानको व्यवस्था गर्नुपर्ने तथा विकल्प भएमा विकल्पलाई प्राथमिकतामा राख्नु पर्ने भनी यस संस्थाले स्पष्ट धारणा राख्दै आएको छ ।
सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशलाई पनि अवज्ञा गर्दै बर्बरतापूर्वक दमन गरि जनताका निजि घरवास भत्काउनु कुनैपनि हालतमा न्यायो चित मान्न सकिँदैन । यस्तो कदमले देश अन्तराष्ट्रिय स्तरमा बदनाम हुने निश्चित छ ।
राज्यको यो कदम मानव अधिकारको विरुद्ध छ । त्यसैले हामी Human Rights Awareness Center राज्यको गैर संबैधानिक कार्यको घोर भर्त्सना गर्दछौं।


















