नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द सिफारिस

78

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द सिफारिस गरेको छ । मन्त्रालयले कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)लाई सिफारिस गरेको हो।

‘पछिल्लो समय विद्यालय उमेर समूहका बालबालिकामा संक्रमण बढ्दै गएको पाइएपछि मन्त्रालय शैक्षिक संस्था बन्द गराउने मनस्थितिमा पुगेको छ । शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गराउने पक्षमा मन्त्रालयले उक्त सिफारिस गरेको जनाईएको छ ।

बुधबारमात्रै मन्त्रालयले रात्री कालिन व्यवसाय राती नौ बजेपछि बन्द गर्ने निणर्य गरेको थियो । तर, मन्त्रीपरिषद्ले आधिकारिक निर्णय गरेको छैन् । सरकारले आधिकारिक निर्णय नगरेकाले होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीले भने मन्त्रालयको निर्णय आफूहरुलाई मान्य नरहेको बताउँदै उक्त निर्णयको विरोध गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here