काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले दिएका स्वास्थ्य सामग्री बोकेको जहाज ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको जानकारी दिएकी छन् ।
चीनको सिचुवान प्रान्त सरकार, सिचुवान लगानी समूह र चिनियाँ दूतावासले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर विमान काठमाडौं प्रस्थान गरेको राजदूत होउको धारणा छ ।

उक्त जहाजबाट चीनको ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेको मास्क लगायतका महामारी रोकथाम सामग्रीको पहिलो खेप पनि काठमाडौं आउँदैछ । परीक्षण किटहरु पनि छिट्टै आइपुग्ने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

















